काठमाडौं, ६ भदौ । भारतले नेपालका लागि कोरोना भाइरसविरुद्धको औषधि दिन थालेको छ । उक्त औषधिलाई नेपाली ७ हजार ८ सय रुपैयाँ पर्ने बताइएको छ ।
कोरोना संक्रमितका लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका हो। केही समय अगाडि कोरोनाको बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ ।

औषधि विभागका अनुसार नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिनेछ । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । नेपालमा ५७० वटा शिशिको माग भएको औषधि विभागले जनाएको छ ।




