advertisement

औषधि विभागका अनुसार नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिनेछ । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । नेपालमा ५७० वटा शिशिको माग भएको औषधि विभागले जनाएको छ ।

" /> भारतले नेपाललाई दिन थाले कोरोनाविरुद्धको औषधि, औषधिको मूल्य ७ हजार ८ सय  - Sarbocha Media

भारतले नेपाललाई दिन थाले कोरोनाविरुद्धको औषधि, औषधिको मूल्य ७ हजार ८ सय 

`

     २०७७ भाद्र ०६ गते १२:५६

काठमाडौं, ६ भदौ । भारतले नेपालका लागि कोरोना भाइरसविरुद्धको औषधि दिन थालेको छ । उक्त औषधिलाई नेपाली ७ हजार ८ सय  रुपैयाँ पर्ने बताइएको छ ।

कोरोना संक्रमितका लागि उपयोगी हुनसक्ने औषधि रामदेसिविर भारतका तीन कम्पनीले नेपालका लागि वितरण गर्न थालेका हो। केही समय अगाडि कोरोनाको बिरामीको लागि रोग प्रतिरोधी क्षमता बढाउन सक्ने औषधिको रुपमा यसलाई सिफारिस गरिएको थियो । भारतीय भारतीय एनडीटीभीले औषधि उत्पादक कम्पनी म्यालन,किप्ला र हेटेरो ड्रग्सले नेपालका लागि उक्त औषधि उपलब्ध गराउने उल्लेख गरेको छ ।

advertisement

औषधि विभागका अनुसार नेपाल सरकारले ती कम्पनीलाई औषधिका लागि अनुमति दिनेछ । तीमध्ये म्यालनले औषधि बाँड्न सुरु गरिसकेको बताइएको छ । नेपालमा ५७० वटा शिशिको माग भएको औषधि विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?