advertisement

मुख्य न्यायायाधिवक्ता आचार्यलाई केही दिन अघि दुई दिनजति सामान्य ज्वरो आएपछि आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

" /> प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन सदस्यमा कोरोना संक्रमण देखियो - Sarbocha Media

प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन सदस्यमा कोरोना संक्रमण देखियो

`

     २०७७ श्रावण १९ गते ६:४२

विराटनगर, १९ साउन । प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन जना सदस्यमा कोरोना संक्रमण फेला परेको छ ।

विराटनगर– ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्य र उनका परीवारलाई संक्रमण देखिएको हो ।
विराटनगरका उनीलाई कोरोना संक्रमण कसरी भयो भन्ने ‘हिस्ट्री’ अहिले नै खुलिनसकेको जनाइएको छ ।

advertisement

मुख्य न्यायायाधिवक्ता आचार्यलाई केही दिन अघि दुई दिनजति सामान्य ज्वरो आएपछि आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?