विराटनगर, १९ साउन । प्रदेश १ का मुख्य न्यायाधिवक्तासहित परिवारका तीन जना सदस्यमा कोरोना संक्रमण फेला परेको छ ।
विराटनगर– ५ स्थायी ठेगाना भएका मुख्य न्यायायाधिवक्ता चूडामणि आचार्य र उनका परीवारलाई संक्रमण देखिएको हो ।
विराटनगरका उनीलाई कोरोना संक्रमण कसरी भयो भन्ने ‘हिस्ट्री’ अहिले नै खुलिनसकेको जनाइएको छ ।

मुख्य न्यायायाधिवक्ता आचार्यलाई केही दिन अघि दुई दिनजति सामान्य ज्वरो आएपछि आइतबार उनीसहित उनका घरका सदस्यको कोरोना जाँच गर्दा परिवारका तीनजना सदस्यको रिपोर्ट पोजेटिभ आएको बताइएको छ ।




