advertisement
advertisement

व्यवसायीका परिवारको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन।

" /> काठमाडौंमा एक व्यवसायीको परिवारका पाँच जनामा कोरोना संक्रमण देखियो - Sarbocha Media

काठमाडौंमा एक व्यवसायीको परिवारका पाँच जनामा कोरोना संक्रमण देखियो

`

     २०७७ श्रावण १२ गते १:५३

काठमाडौं, १२ साउन । काठमाडौंमा एकै परिवारका पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको हो । व्यवसायी पर्सा घर भई महाबौद्धमा बस्दै आएका छन् ।

भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ । लकडाउन खुलेपछि उनी वीरगन्ज हुँदै काठमाडौं आएकी जनाइएको छ।

advertisement
advertisement

व्यवसायीका परिवारको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?