काठमाडौं, १२ साउन । काठमाडौंमा एकै परिवारका पाँच जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ पाइएको हो । व्यवसायी पर्सा घर भई महाबौद्धमा बस्दै आएका छन् ।
भारतको सीतामडीबाट माइत आएकी युवतीबाट अन्यमा कोरोना सरेको हुन सक्ने आशंका गरिएको छ । लकडाउन खुलेपछि उनी वीरगन्ज हुँदै काठमाडौं आएकी जनाइएको छ।


व्यवसायीका परिवारको हाल शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइरहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गरेको छैन।




