काठमाडौं, ११ साउन । प्रहरी प्रधान कार्यालय, नक्सालस्थित सवारी शाखामा कार्यरत चार जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
अस्पतालमा गरिएको परीक्षणमा चार जनाई संक्रमण पुष्टि भएको हो । थप पुष्टिका लागि टेकु अस्पताल पठाइएको जनाइएको छ ।

चार जनामा पुष्टि भएपछि कन्ट्याक ट्रेसिङबाट थप प्रहरी अधिकारीको स्वाब संकलन गरिएको जनइएको छ ।




