काठमाडौं, ७ साउन । सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । आज बुधबार सुनको भाउ प्रतितोलामा १३ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ आज बुधबार तोलाको ९४ हजार रुपैयाँ पुगेको छ। हिजो मंगलबार तोलाको ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको भाउ पनि बढेको छ । आज तोलामा ९५ रुपैयाँ बढेर तोलाको १ हजार १ सय ३५ रुपैयाँ निर्धारण गरिएको छ ।




