काठमाडौं— चाबहिलको एउटा तरकारी पसलमा उपभोक्ता भन्दै थिए, ‘प्याजको मूल्य यसरी यति धेरै किन बढेको?’ तब साहुनी भन्दै थिइन्, ‘प्याजको मात्रै होइन सबैको बढेको छ, अझै बढ्छ, कति बढ्छ भन्न सकिँदैन, प्याज एक किलो होइन पाँच किलो लगिराख्नुस्’ ।

त्यसैगरी अलि पर एक जना अर्को उपभोक्ता भन्दै थिए, ‘दसैंलाई दशामा बदल्ने मध्ये तरकारी व्यवसायीहरू प्रमुख हुन’।

यी केही नमूना मात्रै हुन् तरकारी बजारको बेथितिप्रतिको उपभोक्ताका प्रतिक्रियाका । यस्ता टीकाटिप्पणी यतिखेर मानिसहरूको जमघटै पिच्छे भइरहेको सुनिन्छ ।

दसैंको मुखमा आएर तरकारीजन्य वस्तुहरूको मूल्य ह्वात्तै बढेको छ । यो रोग भने अहिलेको मात्रै होइन, वर्षेनी यस्तै हुने गरेको उपभोक्ताको गुनासो छ । उपभोक्ताहरूका अनुसार सामान्य उतारचढावमै व्यापारीले सर्वसाधारण उपभोक्ताहरूलाई दोब्बर मुल्य बढाएर ठग्न थाल्छन् ।

बजार भाउ एकातिर बढ्ने र फेरि व्यापारीहरूको आ–आफ्नो मनोमानी मूल्य भाउ बढ्नाले उपभोक्ता डबल मारमा पर्ने गरेको गुनासो व्यापक रहेको छ ।

तरकारी मूल्य वृद्घि सम्बन्धि छोटो तालिका

क्र. सं.        तरकारीजन्य वस्तु              एक महिना अघि                     अहिलेको कालीमाटीको भाउ             अहिलेको बजार भाउ
१                प्याज                                ९३ रुपैयाँ प्रति केजीे                 ११५ रुपैयाँ प्रति केजी                         १४० रुपैयाँ प्रतिकेजी
२               बोडी                                 ८५ रुपैयाँ प्रति केजी                 १३५ रुपैयाँ प्रति केजीे                        १६० रुपैयाँ प्रति केजी
३               आलु (मुडेको)                   ६५ रुपैयाँ प्रति केजी                 ६८ रुपैयाँ प्रति के                              १९० रुपैयाँ प्रति केजी
४               घिउ सिमी                          ८५ रुपैयाँ प्रति केजी                 १४५ रुपैयाँ प्रति केजी                       १६० रुपैयाँ प्रति केजी
५               च्याउ                                 १७५ रुपैयाँ प्रति केजी               १९५ रुपैयाँ प्रति केजी                      २३० रुपैयाँ प्रति केजी

तरकारीको मूल्य बढ्नुको कारण

क   माग बढ्दै जानु तर आपूर्ति घट्दै जानु ।
ख   लामो समयको वर्षादले तरकारीको उत्पादनमा असर पर्नु ।
ग    तरकारी व्यवासायीहरूले मुल्य बढाउने वाहाना निरन्तर खोजी रहनु ।
घ    ती व्यवासायीहरूमा खास गरी तरकारी कालाबजारीहरूमा किसान र उपभोक्ताहरूलाई सक्दो ठगी रातारात मालामाल हुने मानसिकता   हावी हुनु ।
ङ    कृत्रिम अभाव सिर्जना गर्नु ।
च     देशका अधिकांश उर्वर जमीन बाँझो राखेर तरकारी आपूर्तिको लागि बाह्य मुलुकमा भर पर्नु ।
छ    सरकार जतिसुकै शक्तिशाली भनिए पनि तरकारी बजारको अनुगमनमा पूर्ण रूपले बेकम्मा हुनु ।
ज    तरकारी बजारका व्यापारी, कालोबजारी र बिचौलियालाई नियमन गर्ने निकाय भएको आभास राज्यले उमभोक्तालाई दिन नसक्नु ।

कृषकबाट अति सस्तोमा तरकारी लिने र आकाश छुने मूल्य निर्धारण गरी उपभोक्तामाझ पु¥याउने बिचका बिचौलिया दलालको मनोमानी दलालीबाट मुक्त गराई जबसम्म तरकारी बजारको उचित व्यवस्थापन हुँदैन तब सम्म सर्वसाधारण जनताले तरकारीको चरम मुल्यको कठोर सास्ती निरन्तर झेलीरहनुपर्ने पक्का छ ।

" /> तरकारीको मूल्य ह्वात्तै बढ्यो, चर्को मारमा उपभोक्ता - Sarbocha Media

तरकारीको मूल्य ह्वात्तै बढ्यो, चर्को मारमा उपभोक्ता

`

     २०७६ आश्विन ०९ गते ९:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?