advertisement

ह्यारी र मेगनले  ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष काे प्रयोग गर्न नपाउने घोषणा गरेकाे छ। बकिङघम राजदरबारले शनिबार उक्त घोषणा गरेको हो । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिने जनाइएको छ ।

हालै ह्यारी र मेगनले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए।

राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्। नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ।

" /> ह्यारी दम्पतीको शाही उपाधि र उत्तरदायित्व समाप्त - Sarbocha Media

ह्यारी दम्पतीको शाही उपाधि र उत्तरदायित्व समाप्त

`

     २०७६ माघ ०५ गते ५:२४

एजेन्सी,५ माघ । बेलायतका राजकुमार ह्यारी र मेगनकाे शाही उपाधि र उत्तरदायित्व समाप्त भएको छ । अब उनीहरुले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।

advertisement

ह्यारी र मेगनले  ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष काे प्रयोग गर्न नपाउने घोषणा गरेकाे छ। बकिङघम राजदरबारले शनिबार उक्त घोषणा गरेको हो । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिने जनाइएको छ ।

हालै ह्यारी र मेगनले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए।

राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्। नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?