एजेन्सी,५ माघ । बेलायतका राजकुमार ह्यारी र मेगनकाे शाही उपाधि र उत्तरदायित्व समाप्त भएको छ । अब उनीहरुले औपचारिक रूपमा महारानीको प्रतिनिधित्व पनि गर्ने छैनन्।
advertisement
ह्यारी र मेगनले ‘हिज, हर रोयल हाइनेस्’ भन्ने पदवी र शाही कोष काे प्रयोग गर्न नपाउने घोषणा गरेकाे छ। बकिङघम राजदरबारले शनिबार उक्त घोषणा गरेको हो । तर ह्यारीलाई राजकुमार र ड्युक अफ ससिक्स् एवं मेगनलाई डचेस अफ ससिक्स् भनेर चाहिं सम्बोधन गरिने जनाइएको छ ।
हालै ह्यारी र मेगनले आफूले राजपरिवारको ‘वरिष्ठ सदस्य’ को भूमिका परित्याग गर्ने र आफ्नो समय यूके तथा उत्तर अमेरिकामा बिताउने घोषणा गरेका थिए।
राजपरिवारको एउटा छलफलपछि ब्रिटेनकी महारानी एलिजाबेथले मञ्जुरी दिएकी थिइन्। नयाँ व्यवस्था यसै वर्षको वसन्त ऋतुदेखि लागु हुने दरबारले जनाएको छ।



