काठमाडौं, १५ असार। ललितपुरको अस्पतालमा एक जना कोरोना संक्रमितको ज्यान गएको छ ।
ललितपुरको स्टार अस्पतालमा उपचाररत् रौतहटका २९ वर्षीय पुरुषको मृत्यु भएको हो । ज्यान गएको उनको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको जनाइएको छ । उनी दमको रोगी थिए ।

उनलाई उपचारका लागि भ्याण्डिलेटरमा राखिएको केही समयमानै ज्यान गएको बताइएको छ ।




