काठमाडौं, २ माघ । बालुवाटारमा राखेको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले निष्कृय पारेको छ । उक्त बम नेत्रविक्रम चन्द (विप्लव) समूहले राखिएको थियो ।
advertisement
नेपाली सेनाले उक्त बम गएराति ११ बजे नै निष्कृय पारेको बताइएको छ । विप्लव समूहले प्रधानन्यायाधीश निवास नजिकै ललिता निवास जग्गामा बम र जग्गा कब्जा गरेको उल्लेख गरी पर्चासमेत राखेको थियो ।
विप्लव समूहले बुधबार साँझ नागार्जुन–१ नर्सरी चोकस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा कुकर बम विष्फोट गराएको थियो।
बम विष्फोटबाट ढकालको घरको झ्यालका सिसा र पार्किङ गरेर राखिएको गाडीमा क्षति पुगेको छ । उक्त घटनाको जिम्ममा पनि विप्वले लिइसकेको प्रहरीले जनाएको छ ।
सम्बन्धित समाचार
ललिता निवास प्रकरणमा मुछिएका शोभाकान्त ढकालको घरमा बम विस्फोट



