काठमाडौँ, २५ जेठ । नेपाल सरकारले असार १७ गतेदेखि आन्तरिक उडान खुला गर्ने भएको छ ।
असार १७ गतेदेखि आन्तरिक उडान खोल्ने सहमति भएको आइतबार प्राधिकरणमा भएको बैठकमा निर्णय भएको हो ।
पहिलो चरणमा असार १७ देखि काठमाडौं र हिमाली तथा पहाडी रुटको उडान खोल्ने सहमति भएको जनाइएको छ ।

पहिलो चरणको १५ दिनपछि साउनबाट देशभरका सबै स्थानको उडान खुल्ला गरिने बताइएको छ ।
साउन महिनामामै तेस्रो चरणमा अन्तर्राष्ट्रिय उडान सुरु गरिने भएको छ ।




