काठमाडौं, २३ जेठ । दैलेखमा शुक्रबार थप ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।
९१ जना कोरोना संक्रमित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा पुष्टि भएको हो ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो ।
हिजो बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।

जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।




