advertisement

जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

" /> दैलेखमा शुक्रबार एकै दिन ९१ कोरोना संक्रमितको पुष्टि - Sarbocha Media

दैलेखमा शुक्रबार एकै दिन ९१ कोरोना संक्रमितको पुष्टि

`

     २०७७ ज्येष्ठ २३ गते १०:४३

काठमाडौं, २३ जेठ । दैलेखमा शुक्रबार थप ९१ जनामा कोरोना संक्रमण देखिएको छ ।

९१ जना कोरोना संक्रमित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र सुर्खेतको प्रयोगशालामा गरेको परीक्षणमा दैलेखमा पुष्टि भएको हो ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखको महाबु गाउँपालिकामा ६४ जना र दुल्लु नगरपालिकामा २७ जनामा कोरोना संक्रमण भएको हो ।

हिजो बिहीबार दैलेखमा एक सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसमा एक सय ८ जना नारायण नगरपालिकाका रहेका थिए ।

advertisement

जुम्लाको चन्दनथान नगरपालिकामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जुम्लामा नै गरिएको परीक्षणमा हुम्ला, दोलखा, रामेछाप र गोरखाका एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?