काठमाडौं, २२ जेठ । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरस देखिएको छ ।
संक्रमितहरु बागलुङका १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जना रहेको जनाइएको छ । उनीहरु बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।
यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।
पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।





