advertisement

 

" /> गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरस पुष्टि - Sarbocha Media

गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरस पुष्टि

`

     २०७७ ज्येष्ठ २२ गते २:५४

काठमाडौं, २२ जेठ । गण्डकी प्रदेशमा १६ जनामा कोरोना भाइरस देखिएको छ ।

संक्रमितहरु बागलुङका १०, पर्वतमा ४, स्याङ्जा र म्याग्दीमा एक–एक जना रहेको जनाइएको छ । उनीहरु बागलुङको निसीखोला गाउँपालिकाका वर्ष २२ र २९ का २ जना पुरुष तथा वर्ष ३३ की १ जना महिला छन् ।

यस्तै बाग्लुङको बडीगाड गाउँपालिकाका वर्ष १६, २०, २१ र २५ का ४ जना पुरुष र बाग्लुङकै गल्कोट नगरपालिकाका २०, २२ र २३ का ३ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

पर्वतको फलेबास नगरपालिकाका वर्ष २१ का २ जना पुरुष र पर्वतकै बिहादी गाउँपालिकाका २४ र २८ वर्षका २ जना पुरुषमा कोरोना पुष्टि भएको छ ।

advertisement

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?