काठमाडौं, १२ जेठ । आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको छ ।
रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

मन्त्रालयका अनुसार काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको छ ।




