advertisement

मन्त्रालयका अनुसार काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको छ ।

" /> थप ७२ नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो - Sarbocha Media

थप ७२ नेपालीमा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ६ सय ७५ पुग्यो

`

     २०७७ ज्येष्ठ १२ गते ५:५३

काठमाडौं, १२ जेठ । आज थप ७२ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसँगै नेपालमा कोराना संक्रमित व्यक्तिहरुको संख्या ६ सय ७५ पुगेको छ ।

रौतहटमा २६, बारामा २३, दैलेखमा ७, बाँकेमा ४ तथा काठमाडौं, धनुषा र कपिलवस्तुमा ३–३ जना कोरोना संक्रमित फेला परेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । यस्तै सप्तरीमा २ जना र बर्दियामा १ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

advertisement

मन्त्रालयका अनुसार काठमाडौंको टोखा नगरपालिका ३ र ६ तथा बूढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ मा संक्रमित फेला परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?