कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याउने जनाइएको छ । ‘सफा र स्वच्छ वायु भएको काठमाडौँ बनाउने परिकल्पना सहितको कार्ययोजना वातावरण विभागले तयार पारेर मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गरिएको हो ।

वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोग दम, निमोनिया, ब्रोङकाइटिस, फोक्सोको क्यान्सरका साथै मुटु रोग, हाइपर टेन्सन, मस्तिष्क घातका बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार जनाको मृत्यु भएको थियो । डब्लूएचओका अनुसार घरभित्र र घरबाहिरको वायु प्रदूषणका कारण विश्वमा बर्सेनि ७० लाख मानिसको ज्यान जान्छ । सरकारी र अन्य संस्थाको अध्ययनअनुसार काठमाडौँमा वायु प्रदूषणजन्य रोगहरूको जोखिम अत्यधिक बढ्दै गइरहेको छ ।

काठमाडौँमा प्रदूषणको मुख्य स्रोत भनेकै बिग्रेका भत्केका र अव्यवस्थित तथा ठेकदारी प्रथाले वर्षौँदेखि जीर्ण बनेका अलपत्र सडक, जता मन लाग्यो उता निर्माण गरिएका इटाभट्टा, थोत्रा तथा पुराना सवारी साधनबाट निष्कासन हुने धुवाँ आदि मुख्य हुन् ।

advertisement

विकराल बन्दै गएको काठमाडौँको वायु प्रदूषणको समस्या न्यूनीकरणका लागि विज्ञहरूले विगतमा पटक–पटक सरकारलाई कार्ययोजना सहित सुझाव नदिएका भने होइनन् । तर, ती सुझावहरू डम्पिङ साइडमा थुप्रिँदै आए । अहिले ल्याउन लागिएको योजना पनि कतै डम्पिङ साइडमै थन्किने हुन् कि प्रभावकारी कार्यान्वयनमा आउने हुन, त्यो भने सरकारी कार्यशैलीले नै देखाउने छ ।

सम्बन्धित समाचारहरूः

काठमाडौँमा मात्रै प्रदूषणले बर्सेनि दश हजार मानिसको मृत्यु

तापक्रम बृद्घि नरोके तत्काल करोडौँ मानिस घरबार विहीन हुने

भारत, चीन र रुसको प्रदूषणअमेरिकासम्म पुग्यो

अस्ट्रेलियाको आगो निभाउन लियोनार्दो डिकाप्रियोले गरे ६३ करोड सहयोग

" /> सरकारले ल्यायो काठमाडौँको वायु प्रदूषण सुधार कार्ययोजना - Sarbocha Media

सरकारले ल्यायो काठमाडौँको वायु प्रदूषण सुधार कार्ययोजना

`

     २०७६ पौष २७ गते ५:४१

काठमाडौँको वायु प्रदूषण कति घातक र पिडादायक छ? भनेर सोध्ने हो भने कोही केही भन्ने वाला छैनन् किनभने यसले जनतालाई दिएको सास्ती भनिसाध्य छैन । अहिले भने बल्ल सरकारले ‘वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६’ अगाडी सारेको छ ।

कार्ययोजना मन्त्रिपरिषदबाट स्वीकृत भएपछि कार्यान्वयनमा ल्याउने जनाइएको छ । ‘सफा र स्वच्छ वायु भएको काठमाडौँ बनाउने परिकल्पना सहितको कार्ययोजना वातावरण विभागले तयार पारेर मन्त्रालय हुँदै मन्त्रिपरिषदमा पेस गरिएको हो ।

वायु प्रदूषणका कारण श्वासप्रश्वास सम्बन्धी रोग दम, निमोनिया, ब्रोङकाइटिस, फोक्सोको क्यान्सरका साथै मुटु रोग, हाइपर टेन्सन, मस्तिष्क घातका बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व स्वास्थ्य सङ्गठनका अनुसार सन् २०१८ मा नेपालमा वायु प्रदूषणका कारण ३७ हजार जनाको मृत्यु भएको थियो । डब्लूएचओका अनुसार घरभित्र र घरबाहिरको वायु प्रदूषणका कारण विश्वमा बर्सेनि ७० लाख मानिसको ज्यान जान्छ । सरकारी र अन्य संस्थाको अध्ययनअनुसार काठमाडौँमा वायु प्रदूषणजन्य रोगहरूको जोखिम अत्यधिक बढ्दै गइरहेको छ ।

काठमाडौँमा प्रदूषणको मुख्य स्रोत भनेकै बिग्रेका भत्केका र अव्यवस्थित तथा ठेकदारी प्रथाले वर्षौँदेखि जीर्ण बनेका अलपत्र सडक, जता मन लाग्यो उता निर्माण गरिएका इटाभट्टा, थोत्रा तथा पुराना सवारी साधनबाट निष्कासन हुने धुवाँ आदि मुख्य हुन् ।

advertisement

विकराल बन्दै गएको काठमाडौँको वायु प्रदूषणको समस्या न्यूनीकरणका लागि विज्ञहरूले विगतमा पटक–पटक सरकारलाई कार्ययोजना सहित सुझाव नदिएका भने होइनन् । तर, ती सुझावहरू डम्पिङ साइडमा थुप्रिँदै आए । अहिले ल्याउन लागिएको योजना पनि कतै डम्पिङ साइडमै थन्किने हुन् कि प्रभावकारी कार्यान्वयनमा आउने हुन, त्यो भने सरकारी कार्यशैलीले नै देखाउने छ ।

सम्बन्धित समाचारहरूः

काठमाडौँमा मात्रै प्रदूषणले बर्सेनि दश हजार मानिसको मृत्यु

तापक्रम बृद्घि नरोके तत्काल करोडौँ मानिस घरबार विहीन हुने

भारत, चीन र रुसको प्रदूषणअमेरिकासम्म पुग्यो

अस्ट्रेलियाको आगो निभाउन लियोनार्दो डिकाप्रियोले गरे ६३ करोड सहयोग

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?