advertisement

सुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए । अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या चार सय २ पुगेको छ ।

" /> नेपालमा फेरि कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो, संक्रमणबाट मृत्यु हुनेको संख्या तीन - Sarbocha Media

नेपालमा फेरि कोरोना संक्रमणबाट एक जनाको ज्यान गयो, संक्रमणबाट मृत्यु हुनेको संख्या तीन

`

     २०७७ ज्येष्ठ ०७ गते ५:५८

बुटवल, ७ जेठ । कोरोना भाइरसको संक्रमणबाट फेरि नेपालमा एक जनाको ज्यान गएको छ । तेस्रो व्यक्ति गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् ।

गुल्मी गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय पुरुष सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

उनको रपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।

advertisement

सुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए । अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या चार सय २ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?