बुटवल, ७ जेठ । कोरोना भाइरसको संक्रमणबाट फेरि नेपालमा एक जनाको ज्यान गएको छ । तेस्रो व्यक्ति गुल्मीका ४१ वर्षीय पुरुष रहेका छन् ।
गुल्मी गुल्मी मदाने गाउँपालिका–६ का ४१ वर्षीय पुरुष सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
उनको रपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचारको क्रममा बुधबार मृत्यु भएको हो । उनी जेठ १ गते अस्पतालमा भर्ना भएका उनलाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भएको थियो ।

सुरुमा आईसीयूमा उपचाररत उनी कोरोना पुष्टि हुँदा भेन्टिलेटरमा थिए । अहिलेसम्म नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या चार सय २ पुगेको छ ।




