काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति शेरबहादुर देउवालाई भेट्ने तयारी गरेका छन् । थापाले देउवालाई भेट्न समय मागेको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।
भानु देउवाका अनुसार थापाले टेलिफोन गरेर भेट्ने इच्छा व्यक्त गर्दै समय मागेका हुन् ।
उनले समय मिलाएर भेट्नका लागि थापालाई बोलाउने बताए।




