धवलशम्शेर राणाले गरे पूर्वराजा ज्ञानेन्द्रसँग भेट

`

     २०८३ भाद्र ०७ गते ९:१६

काठमाडौँ, ७ भदौ । जय नेपाल पार्टी गठन गरेका धवलशम्शेर राणाले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटवार्ता गरेका छन्।

राणाले शनिबार ‘हिमानी ट्रस्ट’को कार्यक्रममा सहभागी भएपछि पूर्वराजा शाहसँग भेटवार्ता गरेको जानकारी दिए । राणाले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भेटको तस्बिर सार्वजनिक गर्दै भेट फलदायी रहेको उल्लेख गरेका छन् ।

राणाले भेटमा के–के विषयमा छलफल भयो भन्नेबारे भने विस्तृत जानकारी दिएका छैनन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?