यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ : सभामुख

`

     २०८३ श्रावण २९ गते १:२२

काठमाडौँ, २९ साउन । सभामुख डोलप्रसाद अर्यालले व्यावसायिक तथा पेसागत संस्थाभित्र राजनीतिक गतिविधि गर्न नहुने बताएका छन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को ५९औँ साधारण सभालाई शुक्रबार उद्घाटन समारोहलाई सम्बोधन गर्दै सभामुख अर्यालले नाट्टा व्यावसायिक संस्था भएकाले यसलाई राजनीतिक विवाद र स्वार्थबाट टाढा राख्नुपर्ने बताए ।

‘यो व्यावसायिक संस्था हो, यसमा राजनीति नगरौँ । पर्यटन क्षेत्रको विकास, व्यवसायको प्रवर्द्धन र व्यावसायिक हितका विषयमा केन्द्रित भएर अघि बढौँ’ सभामुख अर्यालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?