काठमाडौं, साउन २४ । नेपाली कांग्रेसका सभापति गगन थापाले विधानको सीमाभित्रै रहेर पार्टीमा सबैलाई जोड्ने बताएका छन्।
उनले कांग्रेसमा चार पुस्ता एकैसाथ क्रियाशील रहेकोले सबैको सम्मान हुने गरी विधानको सीमाभित्रै रहेर काम गरिने बताए।
‘एउटा कुरा ख्याल गरिदिन आग्रह गर्छु, तर्साएर चाहिँ म तर्सिन्न। दबाएर म दबिन्न। फकाएर फकिन्न। विधानको सीमा थाहा छ। विधानको सीमाभित्र बस्छु। सबैलाई जोडेर लैजाने हो। चार पुस्ता छन् यो पार्टीमा,’ केन्द्रीय कार्यालय सानेपामा आज बसेको केन्द्रीय समिति बैठकमा सभापति थापाले भने, ‘नेताहरूप्रति ठूलो सम्मान छ, सबैलाई जोडेर लैजानुपर्छ, सबैसँग संवाद भइरहेको छ।’




