काठमाडौँ, साउन २४ । तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तुका पूर्वमेयर किरण सिंहको शव फेला परेको छ।
पूर्वमेयर सिंहको आइतबार मध्याह्न शव फेला परेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी मनोहरप्रसाद भट्टले जानकारी दिए।
‘उहाँको शव केहीबेर अगाडि फेला परेको छ,’ उनले भने, ‘घटनाबारे अनुसन्धान गरिरहेका छौं।’
६५ वर्षीय सिंह शुक्रबार दिउँसोदेखि बेपत्ता थिए।




