काठमाडौँ, २१ साउन । नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क टेयुङले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका छन् । बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भएको भेटवार्तामा द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका बारेमा कुराकानी भएको थियो ।
त्यसक्रममा राष्ट्रपति पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा बधाई दिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।




