क्रिकेटर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बासडर नियुक्त

`

     २०८३ श्रावण २१ गते १२:२५

काठमाडौं, साउन २१ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल नेपाल टेलिकमको ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

नेपाल टेलिकमले बुधबार आयोजित एक कार्यक्रमबीच कम्पनीकी प्रबन्ध निर्देशक सङ्गीता पहाडी (अर्याल) र भुर्तेलबीच ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौता भएको जनाएको छ ।

टेलिकमले सामाजिक सञ्जालमार्फत भुर्तेललाई नेपाल टेलिकम परिवारमा स्वागत गर्दै क्रिकेट मैदानमा उनको उत्साह अब नेपाल टेलिकमसँग पनि जोडिएको उल्लेख गरेको छ ।

नेपाल टेलिकमले राष्ट्रको सञ्चार सेवाप्रदायक संस्थाका रूपमा भुर्तेलसँगको सहकार्यले आफ्नो ब्रान्ड प्रवर्द्धनमा थप योगदान पुग्ने विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?