आज राष्ट्रियसभाको बैठकमा गृहमन्त्री गुरुङले जवाफ दिने

`

     २०८३ श्रावण २१ गते ११:००

काठमाडौं । संघीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठकमा गृहमन्त्री सुधन गुरुङले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको जवाफ दिने सम्भावित कार्यसूची रहेको छ ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्सपसंख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर दिनेछन् ।

राष्ट्रियसभा सदस्य कमला पन्तले ‘मनसुनजन्य विपद् व्यवस्थापनमा सरकारको पूर्वतयारी सम्बन्धमा’ गृहमन्त्रीको ध्यानाकर्षण गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?