फुट्यो बाबुराम भट्टराईको पार्टी

`

     २०८३ श्रावण २१ गते १०:२२

काठमाडौं, साउन २१ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, पूर्वमाओवादी नेता जनार्दन शर्मा, पूर्वरास्वपाका नेता सन्तोष परियारलगायतले स्थापना गरेका प्रगतिशील लोकतान्त्रिक पार्टी औपचारिक रूपमा फुटेको छ । हाल अध्यक्ष परिषद्मा रहेका दुर्गा सोब र सन्तोष परियार पनि छुट्टिने सहमति गरेसँगै पार्टी औपचारिक रूपमा फुटेको हो ।

सहमति अनुसार बाबुराम भट्टराईले प्रलोपा स्थापना हुनअघि बनाएको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) पुनः ब्युँतिएको छ । यसको नेतृत्व दुर्गा सोबले गर्नेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?