भारतमा मल लिन जादा पक्राउ परेको नेपाली किसान रिहा

`

     २०८३ श्रावण २० गते ५:४८

काठमाडौँ । भारत बिहारको सितामढी मल लिन जाँदा पक्राउ परेका सर्लाही बलरा नगरपालिका–५, का सुरेशप्रसाद सिंह र नागेन्द्रप्रसाद सिंह रिहा भएका छन् ।

उनीहरू एक महिनाअघि मल ल्याउन भारत गएका थिए । मल किनेर फर्किने क्रममा उनीहरूलाई भारतीय प्रहरीले सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

आज उनीहरूलाई त्यहाँका अदालतले छाड्न आदेश दिएको सुरेशप्रसाद सिंहका छोरा अविनाश सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?