काठमाडौँ, २० साउन । राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तर्राष्ट्रिय युवा दिवस २०२६ आयोजक समितिको बैठक बोलाएको छ । दिउँसो ३ः३० बजे केन्द्रीय कार्यालय घण्टीघरमा बस्न लागेको संयोजक कवीन्द्र बुर्लाकोटीले जानकारी दिए । आयोजक समितिका सदस्यहरूलाई आफ्नो जिम्मेवारीका सम्बन्धमा तयारीपूर्वक उपस्थितिको लागि अनुरोध गरेको छ ।
बैठकको कार्यसूचीमा जिम्मेवारी तोकेका सदस्यहरूबाट तयारी विवरण, प्रदेशसँगको समन्वय, कार्यक्रम सम्बन्धी प्रस्ताव र छलफल तथा विविध विषय रहेको छ ।




