काठमाडौँ । जिल्ला प्रहरी कार्यालय पर्साले २०७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले उक्त गाँजा ओसार्न प्रयोग गरिएको एउटा पिकअप भ्यानसमेत नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लका अनुसार मंगलबार बेलुका करिब साढे ६ बजेको समयमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्दा गाडीभित्र सिमेन्टबो बोरामा लुकाइ राखिएको २०७ किलो गाँजा फेला परेको थियो ।




