दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको दियो आदेश

`

     २०८३ श्रावण १८ गते ६:५४

काठमाडौं, १८ साउन । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतले आदेश दिएको छ ।

जिल्ला अदालत भक्तपुरले प्रसाईंविरुद्ध म्याद नथपी छाड्ने आदेश दिएको हो ।

आइतबार राति पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको कसुर, राज्यविरुद्धको कसुर अन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन कसुरमा म्याद थप गर्न प्रहरीे सरकारी वकिल कार्यालयमार्फत अदालतमा उपस्थित गराएको थियो ।

जहाँ ७ दिनको म्याद मागिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?