काठमाडौँ, १८ साउन । सोमबार दिउँसो नारायणगढ-मुग्लिन सडक खण्डको मुग्लिन बजार नजिकै पहिरो खसेको छ। पहिरोका कारण सडक दुवैतर्फ अवरुद्ध भएको छ।
सडक डिभिजन भरतपुरका अनुसार दिउँसो २:१० बजेको अपडेट अनुसार पहिरो पन्छाउनका लागि सम्बन्धित स्थानमा १ वटा उपकरण परिचालन भइसकेको छ। घटना स्थलतर्फ थप २ वटा उपकरण जाँदै छन्।
सडक डिभिजन भरतपुरले भनेको छ, ‘पहिरो हटाएर सडक सञ्चालन गर्न करिब ४५ मिनेट लाग्ने अनुमान गरिएको छ।’




