काठमाडौं, १० साउन । देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त पीडितहरूले ‘मार्च’ गरेका छन् । काठमाडौंको बल्खुबाट सुरु भएको ‘राजधानी मार्च’ भद्रकालीमा आएर कोणसभामा परिणत भएको छ ।
कोणसभालगत्तै उनीहरू सुनधारा पुगेका छन् । सुनधारा क्षेत्रका फल्चाहरूमा उनीहरू बसेका छन् । कोही दूधे बच्चा काखमा च्यापेर, कोही बिरामीहरू पनि मार्चमा सहभागी भएका थिए ।




