अर्थमन्त्रीको नीतिका कारण सेयर बजार ध्वस्त भएको ज्ञानेन्द्र शाहीको दाबी

`

     २०८३ श्रावण १० गते १०:५३

काठमाडौं, साउन १० । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्‍द्र शाहीले सेयर लगानीकर्ताले रकम गुमाएको प्रति अर्थमन्त्रीले गम्भीरताका साथ लिनुपर्ने बताएका छन्।

फागुनदेखि अहिलेसम्म करिब २.१५ खर्ब रुपैयाँ सेयर लगानीकर्ताले रकम गुमाएको जनाउँदै उनले यस्तो बताएका हुन्। शाहीले सेयर बजार ध्वस्त भएर रश्मी रिजाल आत्महत्या गर्न बाध्य भएको विषयमा अर्थमन्त्री स्वर्णिम वाग्लेलाई गम्भीर हुन आग्रह समेत गरे।

‘फागुनदेखि अहिलेसम्म करिब रु २.१५ खर्ब (करिब रु. २१५ अर्ब) सेयर लगानीकर्ताले रकम गुमाए,’ शाहीले सामाजिक सञ्जालमा लेख्दै भने, ‘सेयर बजार ध्वस्त भयो, रश्मी रिजाल आत्महत्या गर्न बाध्य भइन्, अर्थमन्त्रीज्यू, यो विषयलाई गम्भीरताका साथ लिनुहोस्।’

उनले अर्थमन्त्रीको नीतिका कारण आज सेयर बजार ध्वस्त भएको आरोप समेत लगाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?