को स्वाधीनता बचाउन म्युनिष्ट एक हुनुपर्ने प्रचण्डको जोड

`

     २०८३ श्रावण ०९ गते १:५८

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल‘प्रचण्ड’ले देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको बताएका छन् ।

शनिवार नरबहादुर कर्माचार्यको १३ औँ स्मृति दिवसमा पार्टी केन्द्रिय कार्यालय पेरिस डाँडामा आयोजित कार्यक्रममा उनले अहिले कम्युनिष्ट आन्दोलनले एउटा धक्का खाएको र कम्युनिष्ट आन्दोलनलाई फेरि एकतावद्ध गर्न जरुरी रहेको बताए ।

कम्युनिष्ट आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने सङ्कल्प गर्नुपर्ने समय आएको उनको भनाइ छ।

देशको स्वाधीनतामाथि आइपरेको सङ्कट समाधान गर्न, म्युनिष्ट आन्दोलनमाथि आएको असाधारण अप्ठ्यारो परिस्थितिको सामना गर्न र कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध गर्न जरुरी रहेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?