धनगढी । धनगढीमा अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल लगिएको छ। उनको आइसीयूमा उपचार थालिएको डाक्टर अमृत जैसीले जानकारी दिए ।
तीन दिनदेखि कृष्ण मन्दिरमा अनशन बसिरहेका केसीको शरीरमा सुगरको मात्रा ५० सम्म झरेको छ।
यसैबिच, डा.केसीको अनशनविरुद्ध स्थानीयवासीले कृष्ण मन्दिर परिसरमा प्रदर्शन गरेका छन्। अनशन स्थलमै पुगेका उनीहरूले तत्काल अनशन तोड्न माग गर्दै नाराबाजी गरेका थिए।




