‘हामीबाटै ठूलै त्रुटि भयो, अब निर्मम समीक्षा आवश्यक’

`

     २०८३ श्रावण ०८ गते ४:००

काठमाडौँ । मुलुक अहिले सुगौली सन्धिपछिकै सम्भवतः सबैभन्दा जटिल र संवेदनशील मोडबाट गुजरिरहेको निष्कर्ष निकाल्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहालले वर्तमान राजनीतिक संकट सिर्जना हुनुमा आफ्नै तर्फबाट समेत गम्भीर त्रुटि भएको सार्वजनिक रूपमै स्वीकार गरेका छन्।

४८औँ पुष्पलाल स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रद्वारा शुक्रबार राजधानीमा आयोजित ‘वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थीहरूको भूमिका’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री दाहालले विगतका कमजोरीहरूको निर्मम र वैज्ञानिक समीक्षा नगरी अहिलेको चुनौती पार लगाउन नसकिने स्पष्ट पारे।

‘हामीले कहीँ न कहीँ ठूलै त्रुटि गरेका छौँ। भयानक परिस्थिति सिर्जना हुने, आँखैअगाडि नेपालका धरोहर, पार्टी कार्यालय र इतिहास जलाइने परिघटना के कारणले भयो रु यसमा साम्राज्यवाद वा बाह्य शक्तिले हस्तक्षेप गर्‍यो भनेर मात्र पन्छिन मिल्दैन’– दाहाल ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?