काठमाडौँ, ७ साउन । प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन् ।
भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा आज भारत प्रस्थान गरेको सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
भ्रमणका क्रममा दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।




