शिक्षा र स्वास्थ्यमा लागु गरिएको समता कर छुट दिने सरकारको निर्णय

`

     २०८३ श्रावण ०६ गते ५:३३

काठमाडौं । सरकारले शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर छुट दिने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् यस्तो कर हटाउने जानकारी गरेका थिए ।

सरकारका प्रवक्ता शिक्षामन्त्री सस्मित पोखरेलले सरकारको निर्णयबारे जानकारी गराउँदै आर्थिक ऐन संशोधन गरेर शिक्षा र स्वास्थ्यमा लगाइएको कर छुट गर्ने बताएका हुन् ।

आर्थिक वर्ष २०८३\८४ को बजेटमा घोषणा गरिएको उक्त शुल्क साउन १ गतेदेखि कार्यान्वयनमा आएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?