विरोध पछि स्वास्थ्य र शिक्षामा लगाएको ३ प्रतिशत समता शुल्क हटाउन बाध्य

`

     २०८३ श्रावण ०५ गते ३:१६

काठमाडौं, ५ साउन । चौतर्फी विरोध र आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्य समता शुल्क हालका लागि लागू नगर्ने निर्णय गरेको छ। बिरामी, अभिभावक तथा सरोकारवाला निकायबाट सेवामै थप ३ प्रतिशत शुल्क असुल्ने व्यवस्था भन्दै व्यापक आलोचना भएपछि सरकार आफ्नो निर्णयबाट पछि हटेको हो।

सरकारले आर्थिक विधेयक २०८३ मार्फत निजी स्वास्थ्य संस्थामा ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ लगाउने व्यवस्था गरेको थियो। यसअनुसार निजी अस्पतालमा उपचार गराउने बिरामीले सेवा शुल्कबापत थप ३ प्रतिशतसम्म शुल्क तिर्नुपर्ने अवस्था बनेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?