प्रधानमन्त्री र मन्त्रीहरु दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्छ

`

     २०८३ श्रावण ०५ गते १२:१९

काठमाडौँ । रास्वपाका उपसभापति तथा नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रधानमन्त्री र मन्त्रीहरु राजनीतिक दल र नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका छन् ।

सोमबार आर्थिक वर्ष २०८३\८४ को बजेट कार्यान्वयन योजनाका सम्बन्धमा सबै मन्त्रालयका सचिवहरूसँगको छलफलमा बोल्दै अर्थमन्त्री डा। वाग्लेले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्म सबै नेपाली जनता, राजनीतिक दल र सम्बन्धित नेतृत्वप्रति उत्तरदायी हुनुपर्ने बताएका हुन् ।

‘एउटा स्पष्ट सोच त आएको छ । एउटा सुशासन । यो हाम्रो एकदमै जिरो टोलरेन्स हैन यो इन्टेग्रिटी, जिरो टोलरेन्स टु करप्सनका मान्यतामा हामी कडा छौँ । सम्माननीय प्रधानमन्त्रीज्यू, हामी सबै मन्त्रीहरु यसमा वी आर हेल्ड एकाउन्टेबल बाई नेपाली जनता, बाई आवर पार्टी एण्ड बाई आवर रेस्पेक्टिभ लिडरसिप एज वेल भन्ने कुरामा हामी एकदमै कडाका साथ अगाडि जानुपर्ने छ’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?