काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज जनकपुरधाम जाने भएका छन् । मंगलबार दिउँसो ४ बजे हवाईमार्गबाट प्रचण्ड जनकपुर पुगेपछि प्रचण्ड महोत्तरीको रामगोपालपुर पुगेर पूर्व संविधानसभा सदस्य स्वर्गीय ललेन्द्र मण्डलको पुण्यतिथिको कार्यक्रममा सहभागी हुनेछन्। त्यहाँबाट फर्किएपछि उनी जनकपुरधाममै मधेश प्रदेशका पार्टी नेताहरूसँग छलफल गर्ने कार्यक्रम तय भएको पाटीले जनाएको छ।
पार्टीका एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम, केन्द्रमा बन्न लागेको नयाँ तीनदलीय गठबन्धन तथा त्यसले मधेशको राजनीतिमा पार्ने प्रभावबारे प्रचण्डले प्रदेश नेतृत्वलाई जानकारी गराउनेछन्।




