रास्वपा महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली सार्वजनिक

`

     २०८३ आषाढ १० गते ४:१४

काठमाडौँ, १० असार । रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवारी दिएकाहरूको प्रारम्भिक नामावली सार्वजनिक गरिएको छ ।

केन्द्रीय निर्वाचन आयोगले केहीबेर अघि प्रारम्भिक नामावली सार्वजनिक गरेको हो । प्रारम्भिक सूचीमा ३८४ जनाको नाम सार्वजनिक भएको छ ।

रास्वपाको महाधिवेशन चिवतनमा जारी छ । जारी महाधिवेशनमा आज बिहान ९ बजेबाट हुने भनिएको मतदान अझै सुरु हुन सकेको छैन ।

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् भने केन्द्रीय सदस्यहरूको निर्वाचन प्रक्रिया धमाधम भइरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?