काठमाडौँ, ८ असार । चितवनमा जारी रास्वपाको बन्दसत्र निर्धारित समयमा सुरु हुन सकेको छैन । प्रतिनिधिहरुको नामावलीमा त्रुटि सच्याउने प्रक्रिया जारी रहेकाले बन्दसत्र पनि प्रभावित भएको हो ।
आइतबार उदघाटन भएको महाधिवेशनको बन्दसत्र आज बिहान साढे ८ बजेदेखि सुरु गर्ने भनिएको थियो । तर अझै सुरु हुन सकेको छैन ।
निर्वाचन समितिले आइतबार ४ हजार प्रतिनिधिहरुको प्रारम्भिक नामावली सार्वजनिक गरेको थियो । तर नामावलीमा अत्यधिक त्रुटि भएकाले सच्याउने क्रम जारी छ । प्रतिनिधिहरुले नाम सच्याउने निवेदन दिनका लागि फाराम भर्दै बुझाइरहेका छन् ।




