अर्जेन्टिनाका कप्तान लियोनल मेसीका पिताको स्वास्थ्य

`

     २०८३ आषाढ ०५ गते १०:१९

काठमाडौँ, असार ५ । अर्जेन्टिनाका कप्तान लियोनल मेसीका पिताको स्वास्थ्य अवस्थाबारे परिवारले आधिकारिक जानकारी सार्वजनिक गरेको छ ।

परिवारले जारी गरेको विज्ञप्तिमा मेसीका पिता हाल स्वास्थ्यसँग सम्बन्धित समस्यासँग जुधिरहेका र चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाएको छ । उनको अवस्था अहिले सुधारतर्फ उन्मुख रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, केही दिनअघि अर्जेन्टिनाले अल्जेरियालाई ३-० ले हराएको खेलमा मेसीले पहिलो गोल गरेपछि भावुक हुँदै आँसु झारेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?